प्रहरी नायव उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतका अनुसार मृतक तामाङको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ र आफन्तहरूसँग सम्पर्कमा रहेको छ।
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका तामाङ २०७५ सालदेखि राजविराज कारागारमा थुनिएका थिए र हालसम्म ७ वर्ष जेल जीवन बिताइसकेका थिए।
गत बुधवार कारागारभित्र आगजनी र ताल्चा फुटाएपछि २०५ जना कैदीबन्दी फरार भएका थिए। राजविराज कारागारमा हाल पुरुषका लागि ‘ए’ र ‘बी’ गरी दुई ब्लक र महिलाका लागि छुट्टै ब्लकसहित कुल तीन ब्लकमा ३९७ कैदीबन्दी रहेका थिए।



.png)


