Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आजदेखि बैंक तथा कार्यालयहरू क्रमशः सञ्चालनमा आउने


भदौ २६, दुई दिनको बन्दपछि आजदेखि बैंक तथा कार्यालयहरू क्रमशः सञ्चालनमा आउने भएका छन्। उपत्यकासहित विभिन्न स्थानमा जारी निषेधाज्ञा र कर्फ्यु आंशिक रुपमा हटेसँगै कार्यालयहरूले आफ्नो सेवा खुलाउने तयारी गरेका हुन्।

नेपाली सेनाले दिएको जानकारीअनुसार कर्फ्यु अवधिमा पनि सरकारी निकाय, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थानका कर्मचारीहरूले परिचयपत्र देखाएर कार्यालय आवतजावत गर्न सक्ने व्यवस्था मिलाइएको छ।

अस्ति मङ्गलबारको आन्दोलनका क्रममा देशभर बैंकका शाखा र कार्यालयमा तोडफोड भएको थियो। नेपाल बैंकर्स सङ्घका अनुसार केही एटीएम मेशिन क्षतिग्रस्त भए पनि नगद सुरक्षित रहेको छ।

सुरक्षा व्यवस्थाको नेतृत्व सेनाले सम्हालेसँगै अवस्था सामान्यतर्फ उन्मुख हुन थालेको र त्यसकै परिणामस्वरूप आजदेखि बैंक र अन्य सेवामूलक संस्था क्रमशः सञ्चालनमा आउने सङ्घले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom