Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जेन–जी आन्दोलनमा ज्यान गुमाएका ५१ परिवारलाई दशैँअघि १५ लाख राहत वितरण सुरु



असोज ११ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४८ जना आन्दोलनकारी र ३ जना प्रहरीका परिवारलाई दशैँअघि नै राहत स्वरुप १५ लाख रुपैयाँ वितरण गर्न गृहमन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।


सरकारले यसअघि मृतकलाई शहीद घोषणा गर्दै पीडित परिवारलाई राहत स्वरुप १० लाख र काजकिरिया खर्च वापत छुट्टै ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । तर लामो समयसम्म पीडित परिवारले सो रकम पाउन नसकेपछि मन्त्रालयले दशैँअघि नै रकम घरदैलोमै पु¥याउने गरी आवश्यक निर्णय गरेको हो ।


गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शुक्रबारसम्म सबैको रकम निकासा भइसकेको र शनिबारसम्म १९ परिवारले राहत पाइसकेको जानकारी दिनुभयो । आइतबारसम्म धेरै परिवारले रकम पाउने र २८ वटा जिल्ला प्रशासन कार्यालयमा रकम पठाइसकिएको पनि उहाँले बताउनुभयो ।


पीडित परिवारका सदस्यहरू रकम लिनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग सम्पर्कमा आइसकेका छन् ।


यद्यपि, आन्दोलनमा ज्यान गुमाएका सबैलाई शहीद घोषणा गर्ने कि नगर्ने भन्नेबारेमा भने गृहमन्त्रालयले अझै छानबिन गरिरहेको छ । प्रवक्ता काफ्लेका अनुसार गोली प्रहारबाट मारिएका व्यक्तिलाई मात्रै शहीद घोषणा गर्ने विषयमा छलफल भइरहेको छ, ताकि गलत सन्देश नजाओस् ।

Top Post Ad

post bottom ads

Ads Bottom