काठमाडौँ, असोज १२ गते । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहँदा स्थानीय वायुले प्रभाव जमाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।






