पोखरा, २०८२ असोज ९ ।
जेन–जेड आन्दोलनको क्रममा गत भदौ २४ गते राति कास्की कारागार, पोखराबाट फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी २८ वर्षीय बिमल जि.टी. पक्राउ परेका छन्।
स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–५ घर भएका जि.टी.लाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुम, स्याङ्जाबाट खटिएको संयुक्त विशेष अपरेसन टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार जि.टी.लाई असोज ९ गते आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो। उनलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला कारागार, स्याङ्जा पठाइएको छ।




