असोज १ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ।
वार्ताक्रममा प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिएका साथै नेपाल–भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धको स्मरण गरिन्। उनले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे पनि जानकारी गराएकी थिइन्।
त्यस अवसरमा भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै आगामी दिनमा पनि असल छिमेकीका नाताले भारतले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
दुवै देशका प्रधानमन्त्रीबीचको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हितका विषय तथा साझा चासोका मुद्दामा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।