सिद्धकुमाख गाउँपालिका–१ पटारेकी आमा दिला गिरी गत असार ३२ गते विहानै घर छाडेर बेपत्ता भएपछि दुधे बालिका आमा–बाबु दुबैविनै भएकी हुन्। उनका बुवा टीकाराम गिरी गत पुसमा निधन भएका थिए।
घर छाडेपछि दुई दिनसम्म मात्र आमासँग फोनमा सम्पर्क भएको र त्यसपछि सम्पर्क टुटेको नातिनीको मावली हजुरआमा धाइरी वोहराले बताउनुभयो।
बालिकाको स्वास्थ्य विग्रिएपछि अहिले उनी श्रीनगरस्थित कर्णाली अस्पतालमा भर्ना भएकी छन्। दृष्टि कमजोर भएकी हजुरआमा स्वयं बिरामी भए पनि नातिनीको जीवनरक्षाका लागि उपचार गराइरहनुभएको छ। अस्पतालले आर्थिक अवस्था नहेरी निःशुल्क उपचारको व्यवस्था मिलाएको छ।