असोज २ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाको डे«स दुरुपयोग गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। २४ गते साँझ जेन–जी आन्दोलनकै क्रममा जिल्ला प्रहरी कार्यालयसँगै रहेको एपसी क्वाटरमा आगजनीपछि डे«स लगेर हिँडेका ती युवकलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका व्यक्तिलाई सोमबार कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ। मंगलवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पोखरा पुगेर आगजनीका क्षतिग्रस्त संरचनाको अवलोकन गर्दा एसपी ओलियाले घटनाबारे विस्तृत जानकारी दिएका थिए।
जिल्ला प्रहरी कार्यालयमा आगजनी हुँदा ४३ वर्षीय विजय तामाङ जलेर घाइते भई उपचारका क्रममा मृत्यु भएको थियो। चितवनका स्थायी वासिन्दा तामाङ पोखरा–१६ मा बस्दै आएका थिए। साथै, आन्दोलनकै क्रममा पोखरा–९ नयाँबजारमा ३५ वर्षीया सञ्जु नगरकोटी र पोखरा–६ लेकसाइडमा २६ वर्षीया स्वस्थानी खड्काको शव जलेको अवस्थामा फेला परेको थियो।






