Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

रुकुमपूर्व केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प

असोज १ । रुकुमपूर्वको पातीहाल्ने भञ्ज्याङ नजिक बागलुङ–रुकुमपूर्व सीमाक्षेत्रमा सोमबार राति ८ः२५ बजे ४.६ स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), भूगर्भ विभागका अनुसार भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको भए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

केन्द्रले हाल मुलुकका विभिन्न भागमा साना–ठूला भूकम्पीय गतिविधि भइरहेको उल्लेख गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom