Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तुइनखोलामा पहाडै खस्यो, मुग्लिन–मलेखु सडकखण्डमा यातायात बन्द


असोज ७, चितवन।

मुग्लिन–मलेखु सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा आएको पहिरो पन्छाएर यातायात सञ्चालनमा आएको केही घण्टामै पुनः ठूलो पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द भएको छ।

धादिङतर्फको जवाङ पहिरो हटाइएपछि राजमार्ग अपराह्न ३ बजेदेखि सञ्चालनमा आएको थियो। तर दिउँसो १२ बजे चितवनको तुइनखोलामा ठुलो पहिरो खस्दा फेरि बाटो पूर्ण अवरुद्ध भएको मुग्लिन–नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले जानकारी दिनुभयो।

नेपालका अनुसार तुइनखोलामा खसेको पहाड ठूलो र जोखिमपूर्ण भएकाले पन्छाउने काम गर्न कठिन भएको छ। निरन्तर झरिरहेकाले तत्काल सडक खुलाउने सम्भावना नरहेको बताउँदै उहाँले गन्तव्यमा जाने यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभएको छ।

हालको अवस्थालाई ध्यानमा राख्दा, मुग्लिन–नारायणगढ सडक कहिले सञ्चालनमा आउने हो भन्ने निश्चित छैन

Top Post Ad

post bottom ads

Ads Bottom