मन्त्री पुनले निर्देशनमा भनेका छन्, “विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले सबै विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप गर्नुपर्नेछ।”
त्यसैगरी, मन्त्री पुनले मंगलबार तत्काल लागू गर्नुपर्ने थप दुई महत्वपूर्ण निर्देशन पनि दिएका छन् ।
विश्वविद्यालयहरूले परीक्षा सकिएको बढीमा तीन महिनाभित्र नतिजा प्रकाशन गर्नैपर्ने, नगरे अनुदान रोक्का गरिने चेतावनी।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरभित्रका रुखहरू नकटाई झाडी फाँडेर बगैंचासहितको आकर्षक फुटपाथ बनाउनुपर्ने निर्देशन।
मन्त्री पुनको यी निर्देशनलाई शिक्षाका क्षेत्रमा तत्कालै प्रभाव पार्ने कदमको रूपमा लिइएको छ।




