काठमाडौँ, भदौ २९ गते । जेनजी आन्दोलनपछिको असामान्य परिस्थितिलाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले बिहीबारदेखि सरकारको भुक्तानी प्रणाली बन्द गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारी प्राथमिकता फेरिन सक्ने भएकाले खर्च तत्काल रोकिएको हो ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार तोडफोड र आगजनीका कारण अतिरिक्त खर्च आवश्यक पर्ने भएकाले प्रणाली बन्द गरिएको हो । राजस्व संकलन भने निरन्तर जारी छ । पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म सरकारको राजस्व एक खर्ब ४४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
कार्यालयले भुक्तानी प्रणाली बन्द भए पनि मासिक तलबमा भने कुनै समस्या नहुने स्पष्ट पारेको छ । दशैँ भत्ता भने नयाँ सरकारको निर्देशन अनुसार हुनेछ ।






