Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

देशका विभिन्न स्थानबाट फरार कैदी सुर्खेतमा पक्राउ, पर्वतबाट पाँच जना पुनःकारागारमा


भदौ २८ गते । जेनजी आन्दोलनको क्रममा भागेका दुई फरार कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज बालसुधार गृहबाट भागेका १७ वर्षीय मनिष विष्ट र काठमाडौँ डिल्लीबजार कारागारबाट भागेका ३१ वर्षीय गणेश नेपाली रहेका छन् । दुवैलाई आवश्यक कारबाहीका लागि जिल्ला कारागार सुर्खेतमा चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो ।

यसैबीच, पर्वत कारागारबाट भागेका १९ मध्ये पाँच जना पुनःनियन्त्रणमा आएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी रविन विष्टका अनुसार बाँकी १४ जनालाई प्रहरीको सम्पर्कमा आउन आग्रह गरिएको छ ।

प्रहरीले फरार कैदीलाई समयमा नै आत्मसमर्पण गर्न चेतावनी दिँदै भाग्ने वा भगाउन सहयोग गर्नेहरूलाई कानुनी कारबाही हुने जनाएको छ । सुरक्षाकर्मीको गस्ती बढेसँगै कैदीहरू स्वतःस्फूर्त रूपमा आत्मसमर्पण गर्ने क्रम पनि बढेको प्रहरीको भनाइ छ ।

Top Post Ad

post bottom ads

Ads Bottom