सिंहदरवार, काठमाडौं – नागरिकले फोन, हाट्सएप, भाइबरमार्फत गुनासो, सूचना र सुझाव पठाउन सक्ने
गृह मन्त्रालयले हालैको जेनजी युवा प्रदर्शन पश्चात् समाजमा घट्न सक्ने उच्छृङ्खल गतिविधि र अन्य समस्या व्यवस्थापन गर्न सहायता कक्ष स्थापना गरेको छ।
मन्त्रालयका अधिकारी ईश्वर इश्नले जानकारी दिनुभयो, “सहायता कक्षमार्फत नागरिकले आफ्नो सूचना, गुनासो, सल्लाह वा सुझाव समयमै मन्त्रालयसम्म पुर्याउन सक्नेछन्। यसले प्रदर्शनपछिका समस्याहरूको तत्क्षण समाधानमा सहयोग पुर्याउनेछ।”
सहायता कक्षमा सम्पर्क गर्न मोबाइल नम्बर ९८५१३६०६०३ मा फोन, एस.एम.एस, हाट्सएप वा भाइबरमार्फत जानकारी पठाउन सकिने गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सबै नागरिकलाई सक्रिय रूपमा आफ्नो अनुभव र जानकारी यस कक्षमार्फत साझा गर्न आग्रह गरेको छ।




