गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपालभरका २७ कारागार र नौ वटा बालसुधारगृहबाट हजारौं कैदीबन्दी भागेका छन्।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार देशभरका कारागारमा रहेका २९ हजार २१२ कैदीमध्ये १३ हजार ५९१ जना भागेका थिए। त्यस्तै, १ हजार ४२२ कैदीमध्ये ९६४ जना बालसुधारगृहबाट फरार भएका छन्।
भाग्नेमा झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरका कैदीबन्दी समावेश छन्।
यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटीका बालसुधारगृहबाट समेत कैदीबन्दी भागेका थिए।
निर्देशक न्यौपानेका अनुसार हालसम्म ५ हजार ४९५ जना कैदीबन्दी कारागारमा फर्किएका छन् भने २४४ जना बालसुधारगृहमा फिर्ता आएका छन्। अझै ८ हजार ८१६ जना कैदीबन्दी फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको विभागले जनाएको छ। नेपाल प्रहरीले पनि हिरासतबाट भागेकामध्ये कैदीबन्दीको खोजी गरिरहेको जनाएको छ।


.png)

