- दर्जनौँ युवाहरूले ज्यान गुमाए
-डिस्कोर्ड प्लेटफर्ममा ३२ सयभन्दा बढी युवाले आन्दोलनपछिको बाटो, नेतृत्व संरचना र वार्तामा जाने एजेन्डाबारे व्यापक बहस जारी।
-महाराजगञ्जस्थित प्रहरी वृत्तमा तीन सुरक्षाकर्मीले ज्यान गुमाए।
-सिंहदरबारमा आगजनी, भौतिक संरचनामा ठूलो क्षति पुगेपनि सम्पूर्ण तथ्यांक सुरक्षित।
-सर्वोच्च अदालतका केही तथ्यांक हेटौँडास्थित डीआरमा सुरक्षित।
-प्रारम्भिक तथ्यांकअनुसार १७ जिल्लाका जेलहरूबाट हजारौं कैदी फरार।
-सुनसरीको झुम्का कारागारबाट १५ सय ७५ कैदी भागे।
-भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न ४ जनालाई सुरक्षाकर्मीले पक्राउ।
-अराजक समूह नियन्त्रणमा लिँदै नेपाली सेनाले काठमाडौँलगायत देशका विभिन्न स्थानहरूमा २७ जना पक्राउ गर्यो।
-गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको शव भेटियो।
-गंगा दाहालको घरमा जलेको अवस्थामा शव भेटियो।
-काभ्रे जिल्ला कारागारमा पनि आगजनी, सेना परिचालन।
-त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द।
-भागेका २६ कैदी नियन्त्रणमा।
अझै थप आधिकारिक विवरण आउने क्रममै ...




