असोज १५ गते, काठमाडौं । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ निवासी ३६ वर्षीय नेवाङ तामाङ रहेका छन् । उनलाई काठमाडौं महानगरपालिका–१० बुद्धनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार सडक सुरक्षामा खटिएका प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गर्ने तामाङको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




