पाँचथर, असोज १८। पाँचथरको फिदिम नगरपालिका–४ तुम्देन चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
पल्लोटाबाट फिदिमतर्फ आइरहेको मे ११ प १६०२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट पल्लोटारतर्फ गइरहेको मे १० प ४८६२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
दुवै मोटरसाइकलमा सवार चारै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो।
घाइतेहरूको उपचार फिदिमस्थित पाँचथर अस्पतालमा भइरहेको छ। चिकित्सकका अनुसार सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।




