Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, तीन जना घाइते


सप्तरी, असोज १८। सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित हुलाकी सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बोदेबर्साइनबाट राजविराजतर्फ जाँदैगरेको मधेश प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदैगरेको मधेश प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते खडक नगरपालिका–१० बेलहा निवासी २८ वर्षीय चिन्तामणि चौधरीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बर पुरीले जानकारी दिनुभयो।

त्यसैगरी, अर्का मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका–७ का २७ वर्षीय सोविन चौधरीको पनि उपचारकै क्रममा बिहीबार राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमपछि शुक्रबार परिवारलाई बुझाइएको छ। सोही दुर्घटनामा मोटरसाइकलमा सवार सोविनकी श्रीमती २५ वर्षीया रमिता चौधरी र साथी सन्तोष चौधरीकी ८ वर्षीया छोरी रचना चौधरी घाइते भएका छन्। रमिताको पेट र दुवै खुट्टामा चोट लागेको छ भने रचनाको टाउको र खुट्टामा चोट लागेको छ। दुवैको उपचार भइरहेको प्रहरी कार्यालय सप्तरीले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom