Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ताराखोलामा जीप दुर्घटना, एकको मृत्यु, तीन घाइते



बागलुङ, असोज १७। ताराखोला गाउँपालिका–१ गाईघाट झरना नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

ताराखोलाबाट गलकोट नगरपालिका–५ सर्दाखेत जाँदै गरेको ग १ ज ६१०० नम्बरको जीप करिब २० मिटर तल खोलामा खस्दा सर्दाखेतका २४ वर्षीय दिनेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ।

दुर्घटनामा परि २४ वर्षीय मिलन परियार, ४३ वर्षीय बिरवल परियार र २६ वर्षीय दिनेश थापा घाइते भएका छन्। घाइते दिनेश थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बिरवल परियारलाई थप उपचारका लागि पोखरा मणिपाल अस्पताल रिफर गरिएको छ भने अन्य घाइतेहरूको उपचार गलकोट नगर अस्पतालमा भइरहेको छ।

घटनाको थप विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom