Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

असोज २० सम्म भारी वर्षाको सम्भावना, राति यात्रा नगर्न आग्रह


काठमाडौँ, असोज १७। जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

विभागका अनुसार वर्षासँगै पहिरो र सडक अवरुद्ध हुने जोखिम भएकाले राति यात्रा नगर्न चेतावनी दिइएको छ। सडक विभागले समेत मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद् प्रतिकार्यका लागि तयार रहन निर्देशन दिएको छ।

विशेष गरी नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ र दाउन्ने सडक खण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom