Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु





असोज १६, सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका–७ मा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।

स्थानीय मनिरको हार्डवेयर पसलमा काम गर्ने २३ वर्षीय मो. राजाबुलको बुधबार साँझ विद्युत् पोलमा तार तान्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिँदै भने, “राजाबुलले तारको डल्लो पोलमा फाल्दा त्यो ११ हजार भोल्टेजको उच्च क्षमताको लाइनमा परेपछि उनी गम्भीर घाइते भएका थिए।”

गम्भीर घाइते भएका उनलाई सुरुमा धर्मेश्वर अस्पताल, ठेलियामा उपचारका लागि लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमपछि परिवारलाई बुझाइएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom