Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बुरेली खोलामा यात्रुवाहक हाईस गाडी दुर्घटना हुँदा पाँच जना घाइते



सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, पाँच घाइते


असोज १६, सल्यान। सल्यानको कुमाख गाउँपालिका–१ बुरेली खोलामा यात्रुवाहक हाईस गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार नेपालगञ्जबाट रुकुमपश्चिमको चौरजहारीतर्फ गइरहेको ६७८८ नम्बरको फोर्स गाडी आज बिहान अनियन्त्रित भई भित्तामा ठोकिँदा दुर्घटना भएको हो। गाडीमा १८ जना यात्रु सवार थिए।

घाइतेमध्ये चौरजहारी नगरपालिका–५ का ५० वर्षीय बुद्धि बिक, सानीभेरी गाउँपालिका–१० का ३४ वर्षीय मदन खड्का र चौरजहारी नगरपालिका–१४ का २२ वर्षीय दिनेश ओली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि चौरजहारी अस्पताल पुर्‍याइएको छ भने गम्भीर अवस्थाका तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी भइरहेको अस्पतालका चिकित्सकले जनाएका छन्।



Top Post Ad

post bottom ads

Ads Bottom