Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विभिन्न देशमा विजयादशमीको टीका साइत यस्तो छ





काठमाडौँ, असोज १६ गते। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।

समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीका अनुसार वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको आग्रहमा तिथ्यादिको स्थानीय मानअनुसार देश–देशअनुसार टीका साइत निर्धारण गरी सार्वजनिक गरिएको हो।

नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे साइत उत्तम मानिएको छ।
भारतको दिल्लीमा सोही दिन (अक्टोबर २) बिहान ११:४९,
न्युयोर्क (अक्टोबर १) मा ११:२५,
केन्टुकीको फ्र्याङ्कर्फटमा ११:५७,
वोवेन्स्वोरोमा ११:०५,
टेक्सासमा ११:३३,
वासिङ्टन डीसीमा ११:३५,
क्यालिफोर्नियामा ११:११,
कोलोराडोमा ११:२९ बजे साइत शुभ रहेको समितिका अध्यक्ष प्रा. डा. माधव भट्टराईले बताए।

त्यसैगरी,
टोरेन्टो (क्यानडा) मा अक्टोबर १ का दिन ११:५५,
भ्यानकुभरमा ११:३३,
टोकियो (जापान) मा अक्टोबर २ मा ११:३१,
सिड्नी (अष्ट्रेलिया) मा ११:४३,
मेलबर्नमा ११:१९,
ब्रिसबेनमा ११:५३,
एडिलेडमा ११:३५,
क्यानबेरामा ११:५१,
तास्मानियामा ११:४५,
पर्थमा ११:२५ र
डार्विनमा ११:४७ बजे साइत शुभ रहेको छ।

यस्तै,
बेलिङ्गटन (न्यूजिल्यान्ड) मा अक्टोबर २ मा बिहान ११:२३,
लिस्बन (पोर्चुगल) मा ०९:२३,
लण्डन (बेलायत) मा ०९:१७,
पेरिस (फ्रान्स) मा ०९:५७,
ओस्लो (नर्वे) मा १०:०३,
जेनेभा (स्विट्जरल्याण्ड) मा १०:२५,
माल्टा मा १०:५५,
क्वालालम्पुर (मलेसिया) मा ११:११,
सिङ्गापुरमा ११:०९,
बैंकक (थाइल्याण्ड) मा १०:४५,
याङ्गून (म्यानमार) मा १०:२७,
सियोल (दक्षिण कोरिया) मा १०:५७,
हङकङमा ११:४५,
तेल अभिभ (इजरायल) मा ११:३५,
अवुधाबी र साउदी अरेबियामा १०:५५,
दोहा (कतार) मा १०:१३ बजेको साइत शुभ रहेको समितिका उपसभापति प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।



Top Post Ad

post bottom ads

Ads Bottom