Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

देशभर बाढी–पहिरोमा ४९ जनाको मृत्यु, ७ जना अझै बेपत्ता



अविरल वर्षाको कहर : 

सशस्त्र प्रहरीको उद्धार कार्य जारी, मृतकको संख्या अझै बढ्ने अनुमान

काठमाडौं, असोज १९।
अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ। सशस्त्र प्रहरी बलले दिएको पछिल्लो तथ्याङ्कअनुसार मृतकको संख्या बढ्ने क्रम अझै रोकिएको छैन।

सशस्त्र प्रहरीका डिएसपी तथा सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार, उद्धार कार्य जारी रहेको र थप क्षति हुन सक्ने अनुमान गरिएको छ।

थापाका अनुसार, मृतकहरूमध्ये इलाममा ३७ जना, उदयपुरमा २ जना, खोटाङमा १ जना, र पाँचथरमा ६ जना रहेका छन्। त्यस्तै, मधेश प्रदेशको रौतहटमा ३ जनाको मृत्यु भएको छ।

बेपत्ता हुनेहरूमा इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ जना र काठमाडौंमा १ जना गरी ७ जना रहेका छन्।

घाइतेहरूको संख्या पनि बढ्दै गएको छ। हालसम्म प्राप्त विवरणअनुसार इलाममा ७ जना, उदयपुरमा १ जना, खोटाङमा ३ जना, भोजपुरमा २ जना, पाँचथरमा ६ जना, र मकवानपुरमा १ जना गरी २० जना घाइते भएका छन्।

सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले उद्धार तथा राहत कार्य तीव्र रूपमा अघि बढाइरहेका छन्। लगातार वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भइरहेको बताइएको छ।

स्थानीय प्रशासनहरूले पहिरो र बाढीको जोखिम रहेका क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom