सन्दकपुर, माईजोगमाई र इलाम नगर क्षेत्र सबैभन्दा प्रभावित
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, मृत्यु हुनेहरू मध्ये सूर्योदय नगरपालिकामा ५ जना, इलाम नगरपालिका–६ मा ६ जना, सन्दकपुर गाउँपालिकामा ६ जना, माङ्सेबुङमा ३ जना, देउमाई नगरपालिकामा ८ जना, माइजोगमाईमा ८ जना, र फाकफोकथुम गाउँपालिकामा १ जना रहेका छन्।
त्यसैगरी, सन्दकपुरका दुई, माइजोगमाईका एक, र इलाम नगरपालिका–६ का एक गरी ४ जना बेपत्ता भएको प्रजिअ नेपालले बताउनुभयो।
उहाँका अनुसार अहिलेसम्म ११ जनाको शवको पोष्टमार्टम सम्पन्न भइसकेको छ भने बाँकीको उद्धार कार्य जारी छ। उद्धार तथा खोजतलासीका लागि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ।





