Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सोमबार रातिदेखि तीन दिनसम्म देशका विभिन्न उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना


काठमाडौँ, कात्तिक १० गते । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने पूर्वानुमान गरेको छ ।

महाशाखाले सोमबार जारी गरेको विशेष मौसम बुलेटिनमा पश्चिमी वायुको सक्रियता र अरब सागरमा विकसित न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव नेपालमा देखापरेको उल्लेख गरिएको छ ।

यही कारण सोमबार रातिदेखि कात्तिक १२ गते बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि आंशिक प्रभाव रहने अनुमान गरिएको छ ।

गण्डकी प्रदेशका केही उच्च भूभागमा भने एक–दुई स्थानमा भारी हिमपात हुने सम्भावना रहेको चेतावनी दिइएको छ ।

महाशाखाले हिमपात र वर्षाका कारण दैनिक जनजीवन, यातायात, पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom