Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

देउवा आज राति ९ बजे पत्नि आरजु राणासहित सिंगापुर जाने तयारीमा


कात्तिक १० गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि आज राति सिंगापुर प्रस्थान गर्ने भएका छन् । देउवा आज राति ९ बजे पत्नि डा. आरजु राणासहित सिंगापुर जाने तयारीमा रहेको सभापति निकट श्रोतले जानकारी दिएको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित देउवा निवासमा भएको झडपका क्रममा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । त्यसपछि उनीहरूलाई सुरक्षाकर्मीले उद्धार गरी सेनाको सैनिक अस्पताल, छाउनीमा भर्ना गराइएको थियो ।

स्वास्थ्य लाभपछि पनि पूर्णरूपमा स्वस्थ नभएकाले चिकित्सकको परामर्शअनुसार देउवा सिंगापुर जाने तयारीमा रहेका बताइएको छ ।

उक्त घटनापछि देउवा लामो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । उनी अन्तिम पटक गत असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा देखिएका थिए । सोही अवसरमा उनले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom