Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खेतमा जमेको पानीमा डुबेर बालिकाको ज्यान गयो


असोज ३० गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकजना बालिकाको जमेको पानीमा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ५ घर भएका भगवती यादवको दुई वर्षीय छोरी श्रृष्टि कुमारी यादवको जमेको पानीमा डुबेर मृत्यु भएको हो ।


घरदेखि करिव ५० मिटर पूर्व दक्षिणतर्फ खेतमा जमेको पानीमा श्रृष्टि मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो । बालिका खेल्दै जाने क्रममा खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको उहाँले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom