Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

फल्स बटम बनाइ लुक्याइएको करिब १ हजार ४ किलो गाँजासहित दुई जना पक्राउ

 

मङ्सिर ७ गते ।
सिराहाको लहान नगरपालिका–१ स्थित ट्राफिक चोकबाट करिब १ हजार ४ किलो ४ सय ५० ग्राम गाँजा बरामद गर्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभा, धर्मदेवी नगरपालिका–९ छिपिधारा टोलका २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा, छथर जोरपाटी गाउँपालिका–२ का २२ वर्षीय खेम राना मगर रहेका छन्।

इलाका प्रहरी कार्यालय लहानको टोलीले शनिबार राति मिर्चैयाबाट रूपनीतर्फ गइरहेको ना.५ख ३२०९ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा ट्रकको क्याबिन पछाडि फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थाबाट गाँजा फेला पारेको हो। प्रहरीले ३१ वटा बोरामा प्याक गरिएको ठूलो परिमाणको गाँजा बरामद गरेको जनाएको छ।

घटनापछि ट्रक चालक टंक विश्वकर्मा र सहचालक खेम रानालाई तत्काल नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom