Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

भारत–बंगलादेश क्षेत्रमा शक्तिशाली भूकम्प


मङ्सिर ५ गते ।
भारत र बंगलादेशमा आज बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार बंगलादेशको टुंगी नजिक केन्द्रबिन्दु भएको भूकम्पको तीव्रता ५.६ रेक्टर स्केल मापन गरिएको हो।

शुक्रबार स्थानीय समयानुसार बिहान १०:१० बजे आएको भूकम्पले भारतको पश्चिम बंगाल सहित आसपासका राज्यहरूमा पनि कम्पन स्पष्ट रूपमा अनुभूत गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हालसम्म दुबै देशमा जनधनको ठूलो क्षति नभएको अधिकारीहरूले बताएका छन्। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा आपत्कालीन उद्धार टोली परिचालन गरिएको र अवस्थाको निरन्तर अनुगमन भइरहेको सम्बन्धित निकायहरूले जानकारी दिएका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom