Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्रोत नखुलेको २८ लाख नेपाली रुपैयाँसहित दुई जना प्रहरीको नियन्त्रणमा


कात्तिक १७ गते । कैलाली प्रहरीले स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपियाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 


जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका –३ मिलनचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीस्थित पलियाका २९ वर्षीय सागर गुप्ता र २७ वर्षीय हरचित गुप्ता छन् । उनीहरु युपी ३१ सिएन ११७५ नम्बरको कारमा आएका थिए । 


विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताउनुभयो । उहाँले पक्राउ परेका दुवैलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom