Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

पाख्रिवासमा माइक्रो दुर्घटना अपडेट : ८२ वर्षीया वृद्धाको मृत्यु, १४ जना घाइते

 

मंसिर ५ गते ।
धनकुटाको पाख्रिवासमा आज भएको दुःखद सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। मृत्यू हुनेमा संखुवासभा सभापोखरी–२ की ८२ वर्षीय सावित्रा कालाखेती रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले पुष्टि गरेको छ।

उहाँको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो।

काठमाडौँबाट खाँदबारीतर्फ आउँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी कम्पनीको हाइस माइक्रोबस पाख्रिवास नगरपालिका–५ भैँसेस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको हो।
माइक्रो अनियन्त्रित भई करिब ७० मिटर तल खसेको प्रहरीको प्रारम्भिक जानकारी छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय पाख्रिवासको टोली प्रवक्ता नारायणप्रसाद भट्टराईको कमाण्डमा सहयोगका लागि घटनास्थल पुगेको थियो।

घाइते १४ जना, दुई जनाको अवस्था गम्भीर

उद्धार गरिएका सबै घाइतेहरूलाई विभिन्न सवारीसाधनमार्फत जिल्ला अस्पताल धनकुटा पुर्‍याइएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा—

  • सुजता गिरी (धनकुटा, महालक्ष्मी–३, प्रहरी जवान)
  • सगीता राई, नरेन्द्र राई (संखुवासभा, सिलिचुङ–३)
  • लमु शेर्पा (संखुवासभा, पाँचखपन–९)
  • निर्जला राई, बिनिता राई, जेसन राई (उदयपुर, लिम्चुङबुङ–१)
  • सन्तबहादुर तामाङ (सिन्धुली)
  • पासाङ शेर्पा (भोजपुर, साप्लासिलिचुङ–५)
  • रत्नबहादुर विक (खाँदबारी–७)
  • माइक्रो चालक दिपेन्द्र बुढाथोकी

गम्भीर घाइते चालक दिपेन्द्र बुढाथोकी र रत्नबहादुर विकलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) रेफर गरिएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom