Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

३५ जना यात्रु बोकेको यात्रुवाहक बस सडकबाट १५ मिटर तल खाल्डोमा खस्दा २० जना घाइते



मङ्सिर ५ गते ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दु–८, खजुरी खोलामा भएको बस दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार बिहान करिब १० बजे, नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना भएको हो।
बसमा करिब ३५ जना यात्रु सवार थिए।

प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपालका अनुसार घाइते यात्रुहरूलाई स्थानीयबासिन्दा र प्रहरी टोलीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ।

दुर्घटनामा परेको बस सडकबाट करिब १५ मिटर तल खाल्डोमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण भने खुलेको छैन, थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom