Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

९७८ किलो गाँजा बोकेर ट्रक हुइँकाएका चालक प्रहरीको नियन्त्रणमा


मंसिर ५ गते ।
सप्तरी प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजा बरामद गर्दै एक युवकलाई नियन्त्रणमा लिएको छ। कञ्चनरुप नगरपालिका–२, बरमझियाबाट बिहीबार राति प्रहरीले ९७८ किलो गाँजा सहित ट्रक चालकलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बिहीबार राति करिब १०ः३० बजे पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना ५ ख ५३५ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकको फल्सबटममा लुकाइ–छिपाई राखिएको अवैध गाँजा भेटिएको हो।
ट्रकभित्र बनाइएको विशेष कक्ष (फल्सबटम) मा २८ वटा सेतो बोरा, जसमा प्लास्टिकले प्याक गरिएको अवस्थामा ठूलो परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सुनसरी, धरान–१३ का २५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन्। उनलाई ट्रकसहित नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक काफ्लेको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उक्त ठूलो परिमाणको गाँजा बरामद गरेको हो।

घटनाबारे आवश्यक छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिनुभएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom