Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

पोखरा–१७ आदर्श टोल स्ट्रिट नम्बर ६ मा ७० मिटर सडक ढलान, स्थानीय सक्रियतामा निर्माण तीव्र


पोखरा, मङ्सिर १५ ।

पोखरा महानगरपालिका–१७ स्थित आदर्श टोल स्ट्रिट नम्बर ६ मा स्थानीयको प्रत्यक्ष सक्रियतामा ७० मिटर सडक ढलान कार्य सम्पन्न गरिएको छ। सोमबार अबेर साँझसम्म निरन्तर काम गराएर सडक ढलान सम्पन्न गरिएको टोलवासीले जानकारी दिएका छन्।

स्थानीयको पहलमा गत एक सातादेखि सुरु गरिएको निर्माण कार्य राति अबेरसम्म लगाएर भए पनि पूरा गरिएको हो। निर्माणका लागि वडा नम्बर १७ बाट ५ लाख रुपैयाँ बजेट सहयोग प्राप्त भएको र स्थानीय समुदायले अतिरिक्त १० प्रतिशत रकम जुटाएको टोल समितिले जनाएको छ।

यसअघि गरिएको प्राविधिक परीक्षणअनुसार स्ट्रिट नम्बर ६ को सम्पूर्ण सडक निर्माणका लागि करिब ३५ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ। करिब २८० मिटरभन्दा बढी सडक निर्माण गर्न अझै बाँकी रहेको स्थानीयले बताएका छन्।

सडक पूर्ण रूपमा निर्माण भएमा करिब ५० भन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ। तर बजेट अभावका कारण वडा कार्यालयले ढलानका लागि पर्याप्त रकम छुट्याउन आनाकानी गरेको स्थानीयवासीको गुनासो छ।

वडा कार्यालयसँग सम्झौता भएको दिनदेखि नै स्थानीय सक्रिय भएर काममा जुटेका थिए। वडा अध्यक्ष राधिका शाही योगीलाई धन्यवाद दिंदै स्थानीयले वडाबाट थप बजेट छुटाउन मागसमेत गरेका छन् । अबको चरणमा बाँकी सडक निर्माणका लागि वडा कार्यालयले थप बजेट उपलब्ध गराउनेमा टोलवासी विश्वस्त पनि देखिन्छन्।

Top Post Ad

post bottom ads

Ads Bottom