प्रहरीका अनुसार महालक्ष्मी–९ बाट उदयपुरको ताप्ली गाउँपालिका–५ रुपाटार जाँदै गरेको बोलेरो जिप करिब साँढे पाँच बजे सडकबाट ४ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो। जिप आफैँले चलाइरहेका केसीसँग अन्तिम पटक शनिबार राति ८:४४ बजे घर परिवारसँग फोन सम्पर्क भएको प्रहरीले जनाएको छ।
जिप करिब १ किलोमिटर तल भिरमा खसेर क्षतविक्षत अवस्थामा फेला परेको छ। अन्य थप क्षति वा जिपमा अरू कसै सवार थिए कि थिएनन् भन्ने विषयमा भने पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
मृतकको शव कानुनी प्रक्रिया पूरा गरी मंगलबार बिहान ३ बजे प्रादेशिक अस्पताल कटारीमा पोस्टमार्टमका लागि राखिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको र उद्धार तथा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।






