Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

१७ दिनदेखि अस्पतालमा एक महिलाको शव पहिचान नभएपछि बेवारिसे अवस्थामा


पुस १, उदयपुरको गाईघाटस्थित जिल्ला अस्पतालमा १७ दिनदेखि बेलका नगरपालिका वडा नं ४ मा रहेको मदन भण्डारी लोकमार्गको सिसुवा खोलामा फेला परेको एक महिलाको लासको अझै पनि पहिचान भएको छैन ।


  जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार मंसिर १३ गते बेलका न.पा. वडा नं४ स्थित  सिसुवा खोलाको पुल मुनी नामथर वतन नखुलेको महिलाको लास फेला परेको भन्ने जानकारी भए पश्चात् इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात् लास पोस्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याई राखिएकोमा हालसम्म उक्त लासको पहिचान भएको छैन ।


  निजको हुलिया अन्दाजी बर्ष ५०/५५ की महिला, कालो वर्ण, कालो लामो कपाल भएकी मधेसी मुलको जस्तो देखिने अगाडिको दुई वटा दाँत नभएको उचाई अन्दाजी ४ फिट १० ईन्च भएकी पहेलोमा रातो हरियो पानको बुट्टा भएको मेक्सी भित्र रातो बुट्टेदार चोलो लगाएकी तथा विगतमा मागि खाई हिँड्ने भन्ने समेत बुझिएको छ ।


हालसम्म पहिचान नखुलेको उक्त महिलाको लासका बारेमा उदयपुर प्रहरीले आफू मातहतका सबै प्रहरी कार्यालयहरुमा पहिचानकालागि जानकारी पठाएको र जिल्लाभित्रका पालिकाहरुमा पनि र अन्य जिल्लामा पनि जानकारी गराएको जिल्ल प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom