वीरगञ्ज, — खुला सडकपेटीमा जाडोका कारण कष्टकर जीवन बिताइरहेकी एक युवतीलाई मानवसेवा आश्रम वीरगञ्ज शाखाले उद्धार गरी सुरक्षित आश्रय प्रदान गरेको छ।
आश्रमको टोलीले युवतीको अवस्था नाजुक देखेपछि तत्काल उद्धार गरी न्यानो आवास, भोजन तथा आवश्यक संरक्षणको व्यवस्था गरेको जनाएको छ। उद्धारपछि उनलाई आश्रममै सुरक्षित रूपमा राखेर आवश्यक परामर्श तथा स्वास्थ्य सेवासमेत उपलब्ध गराइने बताइएको छ।
मानवसेवा आश्रमले अलपत्र, असहाय तथा सडकमा जीवन बिताइरहेकाहरूको उद्धार गर्दै मानवता र करुणाको सन्देश फैलाउँदै आएको छ।






