Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

निर्वाचनमा सहभागिता बढाउन तीन दिन सार्वजनिक बिदा सिफारिस


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरिएको छ।

निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरेको हो। गोरखापत्र संस्थानद्वारा आयोजित निर्वाचन अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो जानकारी दिनुभएको हो।

सहसचिव भट्टराईले आयोगले यस पटक मतदानमा सहभागिता वृद्धि गर्ने उद्देश्यले मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्ट गरी तीन दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको स्पष्ट पार्नुभयो।

यसअघि फागुन १८ गते सोमबार पहाडी जिल्लामा र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा (होली) पर्वका कारण सार्वजनिक बिदा परिसकेको छ।

आयोगको विश्वास छ कि लगातार सार्वजनिक बिदा हुँदा विभिन्न पेसा तथा व्यवसायमा संलग्न भई मतदाता नामावली भएको स्थानभन्दा टाढा रहेका मतदातालाई मतदानस्थलसम्म पुग्न सहज हुनेछ।



Top Post Ad

post bottom ads

Ads Bottom