Breaking Posts

Type Here to Get Search Results !

पोखरा महानगरको सूचना :फेवातालको मापदण्ड भित्र संरचना नबनाउ - Brighter Khabar

Top Post Ad


पोखरा, आश्विन १ गते । पोखरा महानगरले फेवातालको मापदण्ड भित्र संरचना निर्माण गर्न प्रतिबन्ध लगाउने तथा अवैध संरचना हटाउने सम्बन्धी सूचना जारी गरेको छ । 

महानगरले आदेशको अवज्ञा गर्दै विभिन्न निर्माण कार्यहरु भइरहेको सूचना प्राप्त भएको भन्दै उक्त सुचना जारी गरेको जनाएको छ । 

सूचनाको अवज्ञा गरी निर्माण कार्य गरेमा निर्माण सामाग्री जफत गर्ने र निर्माण गरिएका अवैध संरचना जुनसुकै बेला महानगरपालिकाले भत्काउन सक्ने सुचनामा भनिएको छ ।

सूचनामा भनिएको छ : 

'सम्मानित सर्वोच्च अदालतबाट यस महानगरपालिकालाई प्राप्त पत्र अनुसार फेवातालको मापदण्ड भित्र कुनै पनि संरचना निर्माण कार्य रोक्का गर्न आदेश भएकोमा सो आदेशको अवज्ञा गर्दै विभिन्न निर्माण कार्यहरु भइरहेको सूचना प्राप्त भएको हुँदा यस्ता अनधिकृत संरचना निर्माण कार्य तुरुन्त रोक्न सबैमा अनुरोध गरिन्छ । सूचनाको अवज्ञा गरी निर्माण कार्य गरेमा निर्माण सामाग्री जफत गर्ने र निर्माण गरिएका अवैध संरचना जुनसुकै बेला महानगरपालिकाले भत्काउन सक्ने भएकाले निर्माण कार्य नगर्न नगराउन सबैमा आग्रह गर्दछौं ।'

post bottom ads

Ads Bottom