Type Here to Get Search Results !

यौन दुर्व्यवहारमा परेको भन्दै पोखराकी १५ वर्षीय किशोरीको चित्कार: ''मेरो वर्तमान जीवन र मेरो पढाइलाई असर गरिरहेको छ'' - Brighter Khabar

Top Post Ad


पोखरा, पोखराकी एक १५ वर्षीय किशोरीले सामाजिक सञ्जाल टिकटकमार्फत  आफू हिंसामा परेको भन्दै भिडिओ सार्वजनिक गरेर  सहयोग मागेकी छिन् । 

टिकटक आईडीबाट युवतीले मामाघरको भाइले आफुलाई दुरव्यवहार गरेको भन्दै सहयोग मागेको भिडियो सामग्री सार्वजनिक गरेकी हुन् । 

कुरा गर्न खोज्दा उल्टै आफुलाई  ज्यान मार्ने धम्कि समेत आएको भन्दै आफु मानसिक रूपमा विक्षिप्त बनेको उनले बताएकी छिन्  ।

सामाजिक सञ्जाल मार्फत उनले भनेको कुरा जस्ताको त्यस्तै  : 

''मलाई डिप्रेसन र तनाव थियो। त्यसैले, डाक्टरले मलाई शान्त ठाउँमा बस्न सुझाव दिएका थिए। मेरी आमाको भाइ (मामा) र उहाँकी श्रीमती (माइजू)ले मलाई उनीहरूको ठाउँमा बस्न भन्नुभयो। मामाघरमा बस्ने विषयमा मैले मेरी आमासँग छलफल गरेँ र अन्तमा मेरी आमा सहमत हुनुभयो। हाम्रो पारिवारिक सम्बन्ध राम्रो थियो।

म मामाघरमा बस्न थालेँ। केही समयपछि मेरो भाइ (मामाको छोरा)ले मलाई “तिम्रो बुब्स धेरै ठूलो छ। त्यसैले म तिमीलाई बुब्सी भनेर बोलाउँछु नि है’?’ भन्यो। उसको त्यो कुराले मलाई नराम्रो लाग्यो। त्यो कुराले म दिन प्रतिदिन म पहिलेजस्तै बिरामी हुँदै गएँ।

मलाई मामाघरमा बस्न बस्न लागेन। मैले हरेक दिन आमालाई फोन गर्थें। उहाँलाई मलाई लिन आउन भनेको थिएँ। तर, उहाँ व्यस्त हुनुहुन्थ्यो। त्यसैले उहाँले आउन मौका पाउनुभएन। भाइले मलाई जिस्काउन छाडेन। मैले उसलाई ‘मेरो भाइ हो’ भन्ने सोचेर माफ गरिदिएँ। त्यो नामले नबोलाउन अनुरोध गरेँ। तर, उसले घरमा कोही नभएको बेला ऊ आएर छेउमा बस्यो।

मलाई फेरि त्यही नाम “बुब्सी’’ ले बोलाए र मेरो बुब्स समायो र गयो। म पनि त्यहाँबाट दौडिएँ। भोलिपल्ट पनि उसले मेरो शरीर छुन थाल्यो। मैले त्यो सम्हाल्न सकिनँ। मलाई आत्महत्या गर्ने सोच आयो। हातमा चक्कु लिएँ। आफ्नै नाडी काट्न थालेँ। तर, डरले गर्दा काट्न सकिनँ।

यो कुरा आमाबुवालाई बताउन पनि सकिनँ। मामा र माइजूलाई भन्न पनि सक्थिनँ। किनकि, उहाँहरूले भाइले नराम्रो गर्छ भन्ने विश्वास गर्नुहुन्थेन। आफ्नो छोराजस्तो निर्दोष कोही छैन भन्नुहुन्थ्यो। त्यही पीडाले मेरो स्वास्थ्य बिग्रियो। त्यसैले म मामाको घरमा बस्न नसक्ने भन्दै अस्पताल गएँ। मामाघरमा मेरो स्कुल ड्रेस थियो। मेरी आमा स्कुलको ड्रेस लिन मामाघर जानुभयो।

मामा र माइजूले आमालाई गाली गर्नुभयो। त्यति मात्र होइन मामाले मलाई फोन गरेर चेतावनी दिनुभयो की “जहाँ देख्छु म तिमीलाई मार्नेछु’’। यी सबै आघातको कारणले गर्दा म मेरो वर्तमान जीवन र मेरो पढाइलाई असर गरिरहेको छ।’’


post bottom ads

Ads Bottom