निगमका अनुसार डिजेलको लागत ५ रुपैयाँ ५ पैसा र पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको छ भने हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको जनाइएको छ ।
त्यस्तै मट्टितेलमा ३ रुपैया ४० पैसाले लागत घटेको निगमले जनाएको छ । त्यस्तै निगमका अनुसार खाना पकाउने ग्याँसको लागत भने प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आएको जनाइएको छ ।
आईओसी ले नेपाल आयल निगमलाई दिएको सुची अनुसार नेपाली बजारमा इन्धनको मूल्य घटाउने वा बढाउने निर्णय भने नगरिएको निगमले जनाएको छ ।