कात्तिक १३,  संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस आज दिउँसो पोखरा आउँदै छन्  । 
 गुटेरेस  नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा आउने कार्यक्रम तय भएको हो  ।  उनी सिधै १ः५० मा  पोखराको पुरानो विमानस्थल अवतरण हुने छन्  । 
उनलाई स्वागत गर्न  गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्र जि अ वासुदेव घिमिरे लगायतले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ   । 
एक रात पोखराको बसाइ पछि उनी  मङ्गलवार बिहान अन्नपूर्ण आधार शिविर(एबिसी) जाने कार्यक्रम तय भएको छ  छ । 
जलवायु परिवर्तनका कारण सर्वसाधारणको जनजीवनमा परेका असरबारे सर्वसाधारणसँग समेत कुरा गर्नुहुनेछ ।
साढे ७ बजे आधार शिविरबाट उहाँ पोखरा विमानस्थल फर्कने कार्यक्रम तय भएको छ भने सवा ८ बजे उनी पोखरा विमानस्थलबाट लुम्बिनी प्रस्थान गर्ने छन्  । 





 
 
 
 
 
 
 
 
 
 
 
 Posts
Posts
 
