भदौ १५ गते । सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको प्रहरी निरीक्षक हुँ भन्दै लुटपाटमा लागेका नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–८ कालो पुल बस्ने २५ वर्षीय सुमन तामाङ भन्ने मिङमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका निज तामाङले गएको साउन २२ गते काभ्रेपलान्चोक घर भई हाल काठमाडौँ डल्लु बस्ने तीर्थ लाल तामाङलाई आफू प्रहरी वृत्त स्वयम्भूको सादा पोसाकको प्रहरी निरीक्षक हुँ भन्दै सुनको एक तोलाको सिक्री र नगद रु ६७ हजार लिई फरार भएका थिए ।
प्रहरीका अनुसार निजले ठगी गरेको सुनको सिक्री खरिद गर्ने बागलुङ काटे खोला गाउँपालिका–२ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–९ गोङ्गबुस्थित बागलुङ भगवती सुन चाँदी पसल सञ्चालन गरी बस्ने ६३ वर्षीय बलबहादुर सुनारलाई समेत पक्राउ पक्राउ गरिएको हो ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



.jpg)


