Breaking Posts

Type Here to Get Search Results !

स्याङ्जा अर्जुनचौपारीको रापाकोट कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो - Brighter Network

Top Post Ad


आश्विन २५ गते ।  स्याङ्जा अर्जुनचौपारीमा अवस्थित रापाकोट कालिका मन्दिरमा नवदुर्गाको पूजा प्रारम्भ भएदेखि नै दर्शनार्थीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।


विशेष गरी, बडादसैँको नवमीका दिन मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।


मन्दिर व्यवस्थापन समितिले भक्तजनलाई सहज बनाउन विभिन्न उपसमिति बनाएर सेवा प्रदान गरेको थियो। 


स्याङ्जा र पर्वत सँगै अन्य स्थानबाट  हजारौँ दर्शनार्थी यहाँ आउने गरेका छन्। अर्जुनचौपारी बजारदेखि यातायातको राम्रो सुविधा भएको कालिका मन्दिरमा  दर्शनार्थीको सङ्ख्या अझै बढेको छ।


अर्जुनचौपारी गा पा वडा नम्बर ३ आग्रीखर्कबाट यातायातको सुविधा नभए पनि एकानन्द गुफा र एकानेको जङ्गलको बाटो भएर विभिन्न पैदालमार्ग भएर हिमालहरूको अवलोकन गर्दै दर्शनार्थी  यहाँ पुग्ने गर्दछन् ।


वर्षौँ अगाडीदेखि  देवी कालिकाको प्रतीकका रूपमा मौलो गाडेर मन्दिरको स्थापना गरेको मानिन्छ। 


सप्तमीदेखि नवमीसम्म कयौँको सङ्ख्यामा दर्शनार्थी आउने गरे पनि विशेष गरेर बडादसैँ र चैतेदशैँमा यहाँ दर्शनार्थीको भिड लाग्ने गरेको पाइन्छ।


भगवतीका भक्तहरू तथा धार्मिक पर्यटकहरूले यहाँ गरेका कतिपय भाकलहरू पुरा भएको जनविश्वास छ । 


यो मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिले सबै भन्दा महत्त्व बोकेको कालिका देवीको मन्दिर हो ।


अर्जुनचौपारी दरौँखोला सँगै आग्रीखर्क लगायत पर्वतका विभिन्न स्थानबाट यातायातको राम्रो सुविधा हुने हो भने यो पर्यटकीय ठाउँको अझै धेरै महत्त्व र गरिमा बढ्ने यहाँका स्थानीयहरू बताउँछन् ।

post bottom ads

Ads Bottom