Breaking Posts

Type Here to Get Search Results !

पृथ्वी राजमार्गको गल्छीमा बस दुर्घटना हुँदा आठजना घाइते - Brighter Network

Top Post Ad


मङ्सिर ३०, गते । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् । बस अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


बुटवलबाट काठमाडौँ आउँदै गरेको लु२ख ६६७६ नम्बरको बस धादिङको गल्छी गाउँपालिका –६ सुत्केरी ढुङ्गामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरीले जनाएको छ  ।


दुर्घटनामा परी कपिलवस्तुको शिवराज नगरपालिका –३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगङ्गा नगरपालिका –३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका –१ का ४२ वर्षीय चित्रबहादुर पाण्डे, काभ्रेको बनेपा नगरपालिका–७ का ३१ वर्षीय सुकराम कार्की, ५८ वर्षीय विजय कार्की, स्याङ्जाको आधिखोला गाउँपालिका–१ का ५६ वर्षीय नन्दलाल अधिकारी र रामेछापको सुनापति गाउँपालिका –१ का ४२ वर्षीय राजकुमार दास घाइते भएका छन् ।


दुर्घटनामा परी घाइते भएका आठै जनालाई बैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँको बिएन्डबी अस्पताल रेफर गरिएको छ । 


बस चालक रुपन्देहीको सैनामैना नगरपालिका –९ का ३० वर्षीय भूपेन्द्र चापागाइँलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

post bottom ads

Ads Bottom