पुस २९, प्रहरीले १५ किलो ६ सय ८० ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । ना. ५ ख ५१२९ नम्बर यात्रुबाहक बसमा सवार मकवानपुर मनहरी गापा वडा–३, हाँडीखोला बस्ने वर्ष ४० का बाबु बल भनिने नक्कलबहादुर बल र हेटौंडा–११, थानाभ¥याङ बस्ने वर्ष १९ का आशीष भनिने सलमान गुरुङलाई गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा–१९, नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारीसाधन चेक गर्ने क्रममा नारायणगढबाट हेटांैडा हुँदै बाराको कोहल्वीतर्फ जान आउँदै गरेको बसका यात्रीबाट गाँजा बरामद गरेको हो ।
उनीहरुलाई शंका लागेर बसबाट ओराली खानतलासी गर्दा उनीहरुले बोकेको झोलाभित्र लुकाइल्याएको अवस्थामा १५ किलो ६ सय ८० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ८ दिन म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको छ ।


.png)


