पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका–११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ५४ वर्षीय लिल बहादुर राई र काठमाडौं महानगरपलिका–२३ बसन्तपुर बस्ने ३७ वर्षीय बिशाल श्रेष्ठ रहेका छन् ।
पक्राउमध्ये लिल बहादुरले मलेसिया पठाइदिछु भन्दै दुई जना पीडितहरूबाट दुई लाख रूपियाँ र बिशालले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट एक लाख ५० हजार रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लिल बहादुरलाई काठमाडौं बत्तीसपुतलीबाट र बिशाललाई काठमाडौं टेकुबाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।