झोला बोकेर चैनपुरबाट मनहरीतर्फ जाँदै गरेका पर्साको जिराभवानी गापा वडा–५ बस्ने वर्ष २५ का चन्दन चौधरीको साथबाट गाँजा बरामद गरिएको हो ।
उनलाई शंका लागेर शरीर तथा झोला खानतलासी गर्दा झोलाभित्र लुकाइल्याएको अवस्थामा गाँजा १० किलो ९ सय २० ग्राम फेला परेको थियो । उक्त गाँजा बरामद गरी चौधरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।